लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा दुई अध्यादेश जारी
रूपन्देही, साउन १ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले आज (शुक्रबार) दुई अध्यादेश जारी गरेका छन्।उनले प्रदेश विनियोजन अध्यादेश-२०७८ र प्रदेश आर्थिक अध्यादेश-२०७८...
रूपन्देही, साउन १ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले आज (शुक्रबार) दुई अध्यादेश जारी गरेका छन्।
उनले प्रदेश विनियोजन अध्यादेश-२०७८ र प्रदेश आर्थिक अध्यादेश-२०७८ जारी गरेका हुन्।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











