Kathmandu Press

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

तासकेन्त, साउन १ : चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताएका...
चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

तासकेन्त, साउन १ : चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताएका छन्।

आज उनले रुसी विदेशमन्त्री सेरर्गइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताएका हुन्। उनीहरुबीच बिहीबार भेटवार्ता भएको थियो। त्यस क्रममा उनीहरुले दुई देशबीचको सम्बन्धका विभिन्न पाटोबारे कुराकानी गरेका थिए। 

Hardik ivf

भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा भएको महत्वपूर्ण बैठकको स्मरण गरेका थिए। 

दुई देशका राष्ट्रपतिका बीचमा गत जनु महिनामा भिडियो वार्ता भएको थियो। त्यस वार्ताका क्रममा उहाँहरुबीच पनि आगामी दिनमा ती दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने विषयमा सहमति भएको थियो।

त्यस वार्ताका क्रममा उनीहरुद्धारा संयुक्त प्रेस वक्तव्य पनि जारी भएको थियो। यस वर्ष सांघाइ कोअपरेसन अर्गनाइजेसनको २०औँ वार्षिकोत्सव भएकाले यस अवसरमा पनि चीनले रुससँगको सहयोग, समन्वय र साझेदारीमाथि थप जोड दिन चाहेको धारणा पनि चिनियाँ विदेशमन्त्री वाङले दिए। 

त्यस भेटका क्रममा उहाँहरुबीचमा क्षेत्रीय चासोका विभिन्न विषयमा पनि कुराकानी भएको थियो। त्यस अवसरमा उहाँहरुले दुई देशले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि औषधि तथा खोपको सहयोग आदानप्रदान गर्ने मात्र नभएर राजनीतिक भाइरसका विरुद्धमा पनि लड्ने प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ । 

उनीहरुका बीचमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुका साथै त्यहाँ शान्ति स्थापनाका विषयमा पनि छलफल भएको थियो। अफगानिस्तानमा शान्ति स्थापनको काममा सहयोग गर्ने उनीहरुले बताएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, साउन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्