संघीयताको औचित्यमाथि प्रश्नचिन्ह खडा भयो : कमल थापा
काठमाडौं, साउन १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीयताको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमामार्फत उनले लुम्बिनी,...
काठमाडौं, साउन १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीयताको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमामा उनले लुम्बिनी, कर्णाली र गण्डकीमा विकसित राजनीतिक घटनाक्रमका कारण संघीयतामाथिको औचित्यमाथि नै प्रश्न खडा भएको उल्लेख गरेका हुन्।
प्रदेशसभा जीवित रहेका बेला त्यहाँका सरकारहरूले अध्यादेशमार्फत पूर्ण बजेट ल्याउनुलाई उनले गलत, अमर्यादित र असंवैधानिक भएको टिप्पणी गरेका छन्। ‘देशले धान्नै नसक्ने र अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौंं,’ उनले लेखेका छन्।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











