Kathmandu Press

चितवनमा आजदेखि खोप अभियान सुरु

चितवन, साउन १ : जिल्लामा आज (शुक्रबार) देखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय...
चितवनमा आजदेखि खोप अभियान सुरु

चितवन, साउन १ : जिल्लामा आज (शुक्रबार) देखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 
सो कार्यालयका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि (शनिबार) यो खोप दिइनेछ। नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइनेछ।

यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइनेछ। यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए।

यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउनेछन्।

परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए।

यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए। 

सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ। तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उनले भने।

‘तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन। यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन,’ खोपसम्बन्धी केही समस्या भए सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्