अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
काठमाडौं, असार २० : अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ।
क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्....

काठमाडौं, असार २० : अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ।
क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ। उक्त स्थान क्यालिफोर्नियाको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ।
अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन्। अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ।
गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।
अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन्।
क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्छ। करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ।
क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ। तर पनि क्षति भने दक्षिणी क्यालिफोर्नियामा बढी भएको अनुमान गरिएको छ।
भूकम्पपछि यहाँका केही स्थानमा आगलागी भएको पनि अधिकारीहरुले जनाएका छन्। तर ठूलो संख्यामा उद्वारकर्मीहरु उद्वारको काममा खटिसकेका बताइएको छ। प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पतालसम्म पुर्याइएको जनाइएको छ।
भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट यहाँको बाक्लो आवादी रहेको क्षेत्रभन्दा धेरै नै पर रहेकोले क्षति कम भएको अनुमान गरिएको केही अधिकारीहरुको भनाइ छ।क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति खराब नरहेको, नियन्त्रणमा रहेको जानकारी दिएका छन्। यहाँका भौगर्भिक अधिकारीहरुले भूकम्पपछि निरन्तर परकम्प गइरहेको जनाएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले पराकम्पहरु गइरहेको भन्दै अरु पनि कैयौँ परकम्प जानसक्ने बताएको छ।












