Kathmandu Press

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन : पूर्वमन्त्री आले

काठमाडौं, असार ३१ : पूर्ववन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको बताएका छन्।विभिन्न सञ्चारमाध्यममा  प्रकाशित समाचारको...
मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन : पूर्वमन्त्री आले

काठमाडौं, असार ३१ : पूर्ववन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको बताएका छन्।

विभिन्न सञ्चारमाध्यममा  प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा एमाले र अध्यक्ष केपी ओलीको साथ नछाड्ने दृढता व्यक्त गरे।  

उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भने, ‘मैले शेरबहादुर देउवालाई भेटेको छैन । भ्रामक समाचारको खेती गर्न बन्द गरौं। गलत अफवाह नफैलाऔं।’

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्