Kathmandu Press

बिपीमा जारी आन्दोलनप्रति १३ संघसंस्थाको ऐक्यबद्धता

धरान, असार ३१ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी बिपी प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीले राजीनामा दिनुपर्ने, प्रतिष्ठानमा मौलाएको...
बिपीमा जारी आन्दोलनप्रति १३ संघसंस्थाको ऐक्यबद्धता

धरान, असार ३१ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी बिपी प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीले राजीनामा दिनुपर्ने, प्रतिष्ठानमा मौलाएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने, प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेलगायत माग राखेर एक महिनादेखि आन्दोलनरत छन्।

प्रतिष्ठान शुद्धीकरण अभियानका नाममा त्यहाँका स्वास्थ्यकर्मीले चलाएको उक्त आन्दोलनप्रति धरानका विभिन्न १३ संस्थाले ऐक्यबद्धता जनाएका छन्। प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिलाई ऐक्यबद्धता पत्र बुझाउदै धरानका विभिन्न १३ संस्थाले प्रतिष्ठानभित्र व्याप्त बेथिति, भ्रष्टाचार, अनियमितता र राजनीतिकरणको  अन्त्यका लागि प्रतिष्ठानका स्वास्थ्यकर्मीले गरेको आन्दोलनप्रति समर्थन जनाएका हुन्।

ऐक्यबद्धता जनाउने संस्थाहरू सामाजिक लोकतन्त्र अध्यनन केन्द्र, नेपाल प्राध्यापक संघ, पूर्वाञ्चल इन्जिनिउरिङ क्याम्पस एकाइका सभापति तथा पूर्वक्याम्पस प्रमुख, नेपाली लेखक संघका अध्यक्ष, नेपाल प्राध्यापक संघ, पिण्डेश्वर विद्यापीठ उपसभापति, कविशिरोमणि साहित्य साधना समाज छन्।

त्यस्तै ऐक्यबद्धता जनाउने अन्य संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ, राष्ट्रिय मावन अधिकार संगठन, गणेशमान फाउन्डेसन, जीपी फाउन्डेसन सुनसरी, लाइन्स क्लब अफ दन्तकाली धरान, प्रजातान्त्रिक विचार समाज छन्।

पदाधिकारीहरुको स्वार्थका कारण प्रतिष्ठानको अवस्था कमजोर  नाजुक बन्दै गएको ती संस्थाहरुले बताएका छन्।

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्