Kathmandu Press

‘कबिर सिंह’ले मनायो दुई सय करोडको सक्सेस पार्टी

काठमाडौं, असार २० : शाहिद कपूर र कायरा अदभानी स्टार फिल्म ‘कबिर सिंह’ले दुई सय करोड कमाएको छ। यहि  खुशीयालीमा बलिउड सेलेब्सको उपस्थित....

‘कबिर सिंह’ले मनायो दुई सय करोडको सक्सेस पार्टी

काठमाडौं, असार २० : शाहिद कपूर र कायरा अदभानी स्टार फिल्म ‘कबिर सिंह’ले दुई सय करोड कमाएको छ। यहि  खुशीयालीमा बलिउड सेलेब्सको उपस्थितिमा ‘कबिर सिंह’ टिमले सक्सेस पार्टी मनाएको छ।

यो सन् २०१७ मा रिलिज भएको तेलंगु फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो।

फिल्मबाट निकै तारिफ बटुलेका शाहिद कपूर र कायरा पार्टीमा निकै खुशी देखिएका थिए। शाहिदले यो खुशीको खबर इन्स्टाग्राममार्फत आफना फलोअर्ससँग पनि सेयर गरेका छन्।

यो फिल्म शाहिदको पहिलो सोलो अभिनेताको रुपमा खेलेको अहिलेसम्मकै हिट फिल्म हो। दर्शकको माया पाएपनि ‘कबिर सिंह’ले समीक्षकको भने मन जित्न सकेन्।

समीक्षकले यो फिल्मले महिलाप्रति घृणाको भावना र व्यवहारलाई देखाएको भन्दै आलोचना गरेका छन्।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्