Kathmandu Press

एघार महिनामा एक हजारले गरे गर्भपतन

डोटी, असार ३१ : जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को...
एघार महिनामा एक हजारले गरे गर्भपतन

डोटी, असार ३१ : जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ।

कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ। जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए। 

Hardik ivf

सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन्। यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ।

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

जिल्लामा वर्षा सुरु भई विभिन्न ठाउँमा बाढीपहिराको जोखिम बढेकाले बच्नका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले यहाँका दुई स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहजीकरण तथा पश्चिम विपद् पूर्वतयारी परियोजनाले शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा मात्रै रु १९ लाख बराबरका विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो।

जिल्लामा परियोजनाको सहजीकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशील समितिलाई क्रमशः उक्त सामग्री वितरण गरिने रेडक्रस शाखाले जनाएको छ। हस्तान्तरण गरिएका सामग्रीमा वर्षातमा आइपर्ने विभिन्न विपद्लाई समाधान गर्न आवश्यकपर्ने औजारलगायत व्यक्तिगत सुरक्षा सामग्री रहेका रेडक्रसका परियोजना फिल्ड कोडिनेटर रवीन ढकालले जानकारी दिए।
 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्