Kathmandu Press

घाँस काट्न जाने क्रममा लडेर मुत्यु

बागलुङ, असार ३१ : बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ।मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक...
घाँस काट्न जाने क्रममा लडेर मुत्यु

बागलुङ, असार ३१ : बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उनको शव फेला परेको छ। 

कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर गएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजतलासका क्रममा उनी मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। 

शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ।
 

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्