Kathmandu Press

दुईजना मृत अवस्थामा भेटिए

काठमाडौं, असार ३१ : मोरङमा एक र तनहुँमा एक गरी दुईजना मृत अवस्थामा भेटिएका छन्।मोरङको रतुवामाई नगरपालिका-७ कजला खोलाको बाँसको पुल मुनि संखुवासवा...
दुईजना मृत अवस्थामा भेटिए

काठमाडौं, असार ३१ : मोरङमा एक र तनहुँमा एक गरी दुईजना मृत अवस्थामा भेटिएका छन्।

मोरङको रतुवामाई नगरपालिका-७ कजला खोलाको बाँसको पुल मुनि संखुवासवा चेपुवा-५ बस्ने ३४ वर्षीय पिम्वा दोर्जे भोटे बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

उनी सो क्षेत्रमा जडीबुटी औषधि बेच्दै हिँड्ने गरेको बुझिएको प्रहरीको भनाइ छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ सिम्ले स्थितखेतमा सोही नगरपालिका-१० बस्ने ३९ वर्षीय बाबुराम नेपाली बुधबार मृत अवस्थामा फेला परेका छन्। 

यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्