निर्माणाधीन घरबाट खस्दा ललितपुरमा एकको मृत्यु
ललितपुर, असार ३१ : निर्माणाधीन घरमाथिबाट खसेर एक पुरुषको मृत्यु भएको छ।ललितपुरको महालक्ष्मी नगरपालिका-१३ कुसुन्ती हाइटस्थित निर्माणाधीन घरको पहिलो तलाबाट खसेर हाल, नाम,...
ललितपुर, असार ३१ : निर्माणाधीन घरमाथिबाट खसेर एक पुरुषको मृत्यु भएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका-१३ कुसुन्ती हाइटस्थित निर्माणाधीन घरको पहिलो तलाबाट खसेर हाल, नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट खसेर गम्भीर घाइते भएका उनलाईपाटन अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












