करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं, असार ३१ : करेन्ट लागेर धनुषा र कैलालीमा दुईजनाको मृत्यु भएके छ।धनुषाको धनुषाधाम नगरपालिका-७ बस्ने २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार...
काठमाडौं, असार ३१ : करेन्ट लागेर धनुषा र कैलालीमा दुईजनाको मृत्यु भएके छ।
धनुषाको धनुषाधाम नगरपालिका-७ बस्ने २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा सोही ठाउँ बस्ने रामबहादुर मण्डलले आफ्नो भेन्टाबारीमा जङगली बँदेलबाट बचाउन नांगो तारले कम्पाउन्ड घेरी करेन्ट छोडेको तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका रामजीवन र १७ वर्षीय राजु कुमार साहको राम जानकी अस्पतलामा उपचार भइरेहको छ। साथै करेन्ट छोड्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसतै कैलालीको कैलारी गाउँपालिका-२ बस्ने २० वर्षीया रामपती चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ। आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नांगो तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।











