Kathmandu Press

भोलि सांसदहरुको कोरोना परीक्षण हुने

काठमाडौं, असार ३१ : संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।संघीय संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या...
भोलि सांसदहरुको कोरोना परीक्षण हुने

काठमाडौं, असार ३१ : संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।

संघीय संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलपछि भोलि (शुक्रबार) सांसदहरुको कोरोना परीक्षण गर्ने तयारी गरिएको हो। 

शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभा दुवैतर्फका सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधीबाट कोरोना परीक्षण हुने बताइउको छ।

सांसद तथा कर्मचारी गरी करिब ७ सयको हाराहारीमा उक्त परीक्षण हुनेछ। संघीय संसदको बैठक बस्ने तयारी भएकाले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्