Kathmandu Press

चिनियाँ विश्वविद्यालयका पूर्व उपप्रमुख घुस लिएको आरोपमा पक्राउ 

बेइजिङ, असार ३१ : लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। राष्ट्रिय पर्यवेक्षण...
चिनियाँ विश्वविद्यालयका पूर्व उपप्रमुख घुस लिएको आरोपमा पक्राउ 

बेइजिङ, असार ३१ : लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। 

राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्तिमा बताएका छन्। 

मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ। यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्यूनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निस्काशन गरिएको छ।
 

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्