Kathmandu Press

धारिलो हतियार प्रहारबाट एकजनाको हत्या  

संखुवासभा, असार ३१ : अज्ञात व्यक्तिहरूको समूहको धारिलो हतियार प्रहारबाट संखुवासभामा एकजनाको हत्या गरेको छ। सो समूहले बुधबार साँझ धारिलो हतियार प्रहार गर्दा खाँदबारी नगरपालिका-९...
धारिलो हतियार प्रहारबाट एकजनाको हत्या  

संखुवासभा, असार ३१ : अज्ञात व्यक्तिहरूको समूहको धारिलो हतियार प्रहारबाट संखुवासभामा एकजनाको हत्या गरेको छ। 

सो समूहले बुधबार साँझ धारिलो हतियार प्रहार गर्दा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएके छ।

अपरिचित व्यक्तिहरुले लक्ष्मणलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले घटनामा शंकास्पद दुईजनालाई नियन्त्रणमा लिएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ। 
 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्