Kathmandu Press

बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ 

कञ्चनपुर, असार ३१ : बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने २२ वर्षीय...
बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ 

कञ्चनपुर, असार ३१ : बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने २२ वर्षीय गिरधारी लुहार रहेको प्रहरीले जनाएको छ। उनले बुधबार साँझ ४२ वर्षीय वीरराम लुहारको हत्या गरेको प्रहरीको भनाइ छ। 

आपसी झगडाको कारण गिरधारीले बाँसको लाठी प्रहार गर्दा वीरराम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो।

साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्