Kathmandu Press

कोरोना गार्डजस्ता विद्युतीय उपकरण नकिन्न स्वास्थ्य मन्त्रालयको अपिल 

काठमाडौं, असार ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय बजारमा कोरोना गार्डजस्ता उपकरणहरूको भ्रमपूर्ण प्रचारप्रसार भइरहेकाले त्यसप्रति सतर्क रहन आग्रह गरेको छ।कोरोना...
कोरोना गार्डजस्ता विद्युतीय उपकरण नकिन्न स्वास्थ्य मन्त्रालयको अपिल 

काठमाडौं, असार ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय बजारमा कोरोना गार्डजस्ता उपकरणहरूको भ्रमपूर्ण प्रचारप्रसार भइरहेकाले त्यसप्रति सतर्क रहन आग्रह गरेको छ।

कोरोना नियन्त्रण गर्ने र त्यसलाई निष्प्रभावी तुल्याउने हालसम्म कुनै उपकरण पत्ता नलागेको मन्त्रालयले स्पष्ट पारेको छ। त्यसकारण कोरोना नियन्त्रण गर्ने र त्यसलाई निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्र खरिद नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रचारप्रसार गरिएको जस्तो यन्त्रले कोरोना भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनुनपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन भएको  मन्त्रालयले बताएको छ।

कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने र मास्कको  प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड सधैं प्रयोग गरे मात्रै कोरोनाबाट बच्न सकिने भएकाले त्यसको पालना गर्न मन्त्रालयले सबैलाई अपिल गरेको छ।

बजारमा चलिरहेको हल्लाप्रति सचेत रहन स्वस्थ्य मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्