Kathmandu Press

एमाले बहिर्गमनको कारण दलकै नेता : डोरमणि पौडेल

हेटौंडा, असार ३१ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गरेका छन्।हेटौंडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा...
एमाले बहिर्गमनको कारण दलकै नेता : डोरमणि पौडेल

हेटौंडा, असार ३१ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गरेका छन्।

हेटौंडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरूको खुसी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरे।

कार्यक्रममा एमाले वागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरे।

कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए।

उनीहरूलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरेका थिए। रासस

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्