Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक एक दिन सारियो

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ।प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको व्यस्ताका कारण बैठक सरेको...
कांग्रेस पदाधिकारी बैठक एक दिन सारियो

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको व्यस्ताका कारण बैठक सरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार शुक्रबार दिउसो २ बजेका लागि बैठक सारिएको छ।

आगामी १४औं महाधिवेशनसँगै समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउसो २ बजे बैठक बोलाइएको थियो। बैठकमा सरकारका प्राथमिकता, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पनि छलफल हुने जनाइएको थियो।

 

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्