Kathmandu Press

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित

जुम्ला, असार ३१ : जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ।गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप...
तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित

जुम्ला, असार ३१ : जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ।

गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको उपाध्यक्ष रतननाथ योगीले बताए। उनले भने, 'तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ। गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ। गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन्।'

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताए। उनका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिकको र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ।

भौगोलिक विकटता भएकाले गाउँपालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन्। महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए।

अहिले गाउँपालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताए। “गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन्।

आगामी दिनमा पनि गाउँपालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्, बुढाले भने। उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए।

खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन। यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्