Kathmandu Press

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, असार ३० : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित २१औं समूहको विपद् व्यवस्थापन आधारभूत...
विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, असार ३० : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित २१औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।

तालिम समापनका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा हासिल गरेको ज्ञान सिपलाई विपद् जस्तो विषम परिस्थितिमा पीडितको उद्दार गर्न उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।

जम्मा ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २४ जना गरी जम्मा २८ जना प्रशिक्षार्थीहरुले तालिम सम्पन्न गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर विकले जानकारी दिए । 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्