Kathmandu Press

कांग्रेस शिक्षा विभागद्वारा प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं, असार ३० : नेपाली कांग्रेस शिक्षा विभागले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको जिम्मेवारी कांग्रेसलाई...
कांग्रेस शिक्षा विभागद्वारा प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं, असार ३० : नेपाली कांग्रेस शिक्षा विभागले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको जिम्मेवारी कांग्रेसलाई नै लिन पनि अनुरोध गरेको छ। 

पार्टी केन्द्रीय सदस्यसमेत रहेका विभाग अध्यक्ष हरिप्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले सभापति देउवा नेपालको ४४औं प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसहित सफल कार्यकालको शुभकामना  दिएको पार्टी कार्यलयका सचिव डा. कृष्णप्रसाद पौडेलद्वारा सम्प्रेषित सूचनामा उल्लेख छ।

‘शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको निष्कर्षका साथ कांग्रेस शिक्षा विभाग शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको नेतृत्व स्वयं पार्टीले नै लिन सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ,’ सूचनामा उल्लेख छ। 

 

 

  

प्रकाशित मिति: १८:०० बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्