भौतिक रूपमा एक वर्षपछि भारतको मन्त्रिपरिषद बैठक

नयाँ दिल्ली, असार ३० : भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ। कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ।
मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ। भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ।
प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ।
प्रकाशित मिति: १७:०७ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












