Kathmandu Press

तीनजना मृत अवस्थामा भेटिए

काठमाडौं, असार ३० : काठमाडौं, रुपन्देही र सर्लाहीमा तीनजना मृत भेटिएका छन्।काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ताप्लेजुङ घर भएका ४२ वर्षीय पदमबहादुर कार्की चाबहिल...
तीनजना मृत अवस्थामा भेटिए

काठमाडौं, असार ३० : काठमाडौं, रुपन्देही र सर्लाहीमा तीनजना मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ताप्लेजुङ घर भएका ४२ वर्षीय पदमबहादुर कार्की चाबहिल ढुंगेधारास्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ स्थित गल्लीमा तिलोत्तमा नगरपालिका–९ बस्ने ३२ वर्षीय अर्पण पौडेल बुधबार मृत अवस्थामा फेला परेका हुन्। 

यसैगरी सर्लाहीको बागमती नगरपालिका-४ स्थित मकैबारीमा हाल नाम, थर, वतन, उमेर र लिंग नखुलेका मानिस मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्