Kathmandu Press

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा, असार ३० : प्रमुख प्रतिपक्षी दल एमालेले आज (बुधबार) गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।प्रतिपक्षी एमालेले पछिल्लो समय बसेको संसद् बैठक अवरुद्ध...
एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा, असार ३० : प्रमुख प्रतिपक्षी दल एमालेले आज (बुधबार) गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

प्रतिपक्षी एमालेले पछिल्लो समय बसेको संसद् बैठक अवरुद्ध र बहिष्कार गर्दै आएको छ। यसअघि २७ र २८ असारमा पनि एमालेले संसद अवरुद्ध गरेको थियो । 

Hardik ivf

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरेको आरोप एमालेले लगाउँदै आएको छ।

स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेशलगायत कार्यक्रम नसमेटिएको भन्दै एमालेले आजको बैठक अवरुद्ध पारेको हो। बजेट छैन भन्ने तर १ देखि ३० लाख रुपैयाँ सम्मका ६ सय ३० योजना थप्ने काम गरेकाले संसद् अवरुद्ध गर्नुपरेको एमालेको भनाइ छ। म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको आरोप एमालेले जनाएको छ।

मुख्यमन्त्री पोखरेलसमक्ष १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको र त्यसको जवाफ नपाएसम्म सदन चल्न नदिने एमालेले बताएको छ। षड्यन्त्रपूर्ण रूपमा ल्याइएको बजेटलाई स्वीकार गर्न नसक्ने एमालेको भनाइ छ।

पहिलेको सरकारले अघि बढाएका योजनालाई पूर्वाग्रह राखेर हटाएको, वार्षिक विकास कार्यक्रम, प्रथम पञ्चवर्षीय योजना, अल्पकालीन लक्ष्य, दिगो विकासको लक्ष्यलाई अनुशरण नगरेको लगायतका १० बुँदे  ध्यानाकर्षणमा समेटिएको जनाइएको छ।

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्