Kathmandu Press

द्वन्द्वपीडितहरू सम्बन्धी फोटो प्रदर्शनी सुरु 

काठमाडौं, असार १९ : १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएको डेढ दशक बढी भइसक्यो। द्वन्द्वका समयमा कतिले परिवारका सदस्य गुमाए, कति बालिका तथा क....

द्वन्द्वपीडितहरू सम्बन्धी फोटो प्रदर्शनी सुरु 

काठमाडौं, असार १९ : १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएको डेढ दशक बढी भइसक्यो। द्वन्द्वका समयमा कतिले परिवारका सदस्य गुमाए, कति बालिका तथा किशोरीहरु यौन हिंसाको शिकार बने त कतिले शारिरीक यातना भोगे।

तर, द्वन्द्व पीडितहरु अझैसम्म ती दुखाई, रोदन र पीडाबाट मुक्त हुन सकेका छैनन। न्याय नपाएर भौतारिरहेका ती पीडितहरुको कथा र रोदनलाई समेटेर महिला कानून र विकास मञ्चको आयोजनामा  काठमाडौंको नेपाल कला परिषद्मा बिहीबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ।

Hardik ivf

असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने खालका तस्वीरहरु राखिएको छ।

नाटक, द्वन्द्व पीडितको आवाज समावेश वृत्तचित्र र ‘द्वन्द्वका नमेटिएका घाउ’ नामक पुस्तक विमोचन गरी प्रदर्शनीको उद्घाटन गरिएको थियो। पीडितहरुको न्याय र परिपूरणकोे मागलाई सम्बोधन गर्न नेपाल सरकार प्रयत्नशील छ। तर पनि पीडितका आधारभूत आवश्यकता पनि पूरा गर्न सकेका छैनन्।

पीडितका आवाज र चाहनालाई सरकार र सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यका साथ फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ।


 

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्