Kathmandu Press

स्रोत नखुलेको ५ लाख नगदसहित युवती पक्राउ 

सर्लाही, असार ३० : सर्लाहीको मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिरनजिकबाट स्रोत नखुलेको १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँसहित...
स्रोत नखुलेको ५ लाख नगदसहित युवती पक्राउ 

सर्लाही, असार ३० : सर्लाहीको मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिरनजिकबाट स्रोत नखुलेको १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँसहित सोही नगरपालिका-३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यायलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले झोलाभित्र राखेको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्