Kathmandu Press

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

नानजिन, असार ३० : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको...
चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

नानजिन, असार ३० : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ।

त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो।

Hardik ivf

सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए। तीमध्ये आठ जनाको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन्। त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको पनि प्रहरीले जानकारी दिएको छ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ।

चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन्।
 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, असार ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्