Kathmandu Press

भारतमा थपिए ३८ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, असार ३० :  भारतमा कोरोनाभाइरसका ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार...
भारतमा थपिए ३८ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, असार ३० :  भारतमा कोरोनाभाइरसका ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो। अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए।  

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन्। नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यापनि कम भएको छ। 

Hardik ivf

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका छन्। पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधबार जानकारी दिएको छ।  

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने ती मध्ये तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन्। कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ। 

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिएको छ। ती मध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ। 

त्यसैगरी भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ ओटा कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको छ। ती मध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ।

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, असार ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्