सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु
काठमाडौं, असार ३० : सवारी दुर्घटनामा परी सल्यानमा एक र मोरङमा एक गरी दुईजनाको मृत्यु भएको छ।सल्यानको दार्मा गाउँपालिका-५ भिरबाटीस्थित सडकमा रा१त ४२५९ नम्बरको ट्याक्टर...
काठमाडौं, असार ३० : सवारी दुर्घटनामा परी सल्यानमा एक र मोरङमा एक गरी दुईजनाको मृत्यु भएको छ।
सल्यानको दार्मा गाउँपालिका-५ भिरबाटीस्थित सडकमा रा१त ४२५९ नम्बरको ट्याक्टर पल्टिँदा त्यसको ट्रलीमा राखेको रडले लागेर पैदलयात्री रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-८ पेउगा बस्ने ६० वर्षीया दईसरी खड्काको मंगलबार साँझ मृत्यु भएको छ।
ट्याक्टर चालक र सहचालक फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै मोरङको बेलबारी नगरपालिका-१० भाउन्ने चोकनजिक पूर्व-पश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।











