Kathmandu Press

चट्याङ लागेर दुईजनाको मृत्यु 

उदयपुर, असार ३० : उदयपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।त्रियुगा नगरपालिका-३ मुसहरी टोल बस्ने ३९ वर्षीया ललिता सदा र सोही ठाउँ बस्ने...
चट्याङ लागेर दुईजनाको मृत्यु 

उदयपुर, असार ३० : उदयपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका-३ मुसहरी टोल बस्ने ३९ वर्षीया ललिता सदा र सोही ठाउँ बस्ने ४० वर्षीया फूलकुमारी सदाको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल गार्इघाटमा उपचारको क्रममा मृत्यु भएको हो।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्