जबरजस्ती करणी गरेको आरोपमा दुईृजना पक्राउ
काठमाडौं, असार ३० : जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।ललितपुरकी २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पाटीस्थित डेरा गरी...
काठमाडौं, असार ३० : जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
ललितपुरकी २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदनकुमार सिंह थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुरकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
मगरले ती किशोरीलाई शनिबार राति जबर्जस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











