Kathmandu Press

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला : नौ जनाको मृत्यु, ३९ गम्भीर घाइते

इस्लामावाद, ३० असार : पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको मृत्यु भएके छ ।  सो आक्रमणमा परी अरु...
पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला : नौ जनाको मृत्यु, ३९ गम्भीर घाइते

इस्लामावाद, ३० असार : पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको मृत्यु भएके छ ।  सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन्।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए। बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ।

सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन्। सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए। बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए। बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन्। उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।

यहाँका सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पतालसम्म पु¥याएको छन्। उनीहरु उद्धारको काममा खटिरहेका बताइएको छ। यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन। यहाँका सुरक्षाकर्मीहरुले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन्। अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन।
 

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्