Kathmandu Press

नवजात शिशुको हत्यामा संलग्न चारजना पक्राउ 

मोरङ, असार ३० : नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहमा रंगेली नगरपालिका-५ आँपगाछी बस्ने २५ वर्षीया खुस्बु...
नवजात शिशुको हत्यामा संलग्न चारजना पक्राउ 

मोरङ, असार ३० : नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहमा रंगेली नगरपालिका-५ आँपगाछी बस्ने २५ वर्षीया खुस्बु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल छन् । 

Hardik ivf

आइतबार राति खुस्बुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरूउपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्