Kathmandu Press

बिपी प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन धरान पुगे डा. केसी

धरान, असार ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै त्यहाँका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनरत छन्।सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउन चिकित्सा...
बिपी प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन धरान पुगे डा. केसी

धरान, असार ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै त्यहाँका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनरत छन्।

सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउन चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसी आज (बिहीबार) धरान पुगेका छन्। 

बिपी प्रतिष्ठानको बेथिति र अनियमितताविरूद्ध चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान आएको डा. केसीले बताएका छन्। 

बिपी प्रतिष्ठान संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरेकाले सहभागी भएपछि अपराह्न काठमाडौं फर्किने केसीले बताए। 

प्रतिष्ठानका चारैजना पदाधिकारीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेलगायत माग सो संघर्ष समितिले राख्दै आएको छ।

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्