Kathmandu Press

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, असार ३० : आज पनि देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, असार ३० : आज पनि देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ। प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भीषण वर्षा पनि हुने महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

 

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्