पशुपति गुरुङद्वारा पहिरोबाट घरबारबिहीन भएका घान्द्रुकका गमेरे गुरुङलाई सहयोग
कास्की, असार २९ : संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले पहिरोबाट घरबारबिहीन भएका घान्द्रुकका गमेरे गुरुङलाई आर्थिक सहयोग गरेकी छिन् । उनले आफ्ना...
कास्की, असार २९ : संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले पहिरोबाट घरबारबिहीन भएका घान्द्रुकका गमेरे गुरुङलाई आर्थिक सहयोग गरेकी छिन् । उनले आफ्ना स्वर्गिय आमाबुबाको नाममा स्थापित दुर्गाबहादुर–चिसकुमारी स्मृति अक्षयकोषबाट पहिरोबाट घरबारबिहीन भएका गमेरे गुरुङलाई २५ हजार रुपैयाँ सहयोग गरेकी हुन्।
समाजमा राम्रो काम गर्नेलाई प्रात्सहन गर्न र पुरस्कृत गर्ने उद्देश्यले पशुपतिले आमा चिसकुमारी गुरुङ र बुबा दुर्गाबहादुर गुरुङको सम्झनामा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन्।
अक्षयकोषको उद्दश्य समाजमा राम्रो कार्य गर्नेहरुलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने भएपनि प्राकृतिक प्रकोपले निम्त्याएको मानवीय संवेदनामा अक्षयकोषलाई प्रयोग गर्नु उचित हुने भन्दै अध्यक्ष गुरुङले अक्षयकोषबाट आउने रकम बाढी, पहिरो पीडितका लागि प्रदान गरेको बताइन्।
जनचेतनामूलक महाअभियानहरु संचालन गर्दै आईरहेको संस्कार समाज नेपालले प्राकृतिक विपत्तीहरुमा सहयोग पु¥याउनै पर्ने ठाउँको पहिचान गरेर सहयोग प्रदान गर्दै आईरहेको छ । गत वर्ष कोरोना महामारीको समयमा पनि चरणबद्ध रुपमा राहत कार्यक्रम गरेको थियो ।











