Kathmandu Press

सिन्धुपाल्चोकका बिस्थापितहरुलाई नेपाली सेनाले बनायो अस्थायी बसोबास 

सिन्धुपाल्चोकका बिस्थापितहरुलाई नेपाली सेनाले बनायो अस्थायी बसोबास 

काठमाडौं, असार २९ : नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहिरोबाट बिस्थापितहरुका लागि अस्थायी बासस्थान निर्माण गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदिमा गएको पहिरोको कारण पुर्णरुपमा विस्थापित भई हाल उक्त गाउँपालिकाको वडा नं. १ स्थित बासखर्कमा अस्थायी रुपमा पालमा बसोबास गर्दै  आईरहेका २८ परिवारहरुलाई जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासखर्क ईलाकामा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति प्रयोग गरि १३ वटा अस्थायी बासस्थान निर्माण गरेको हो ।

नेपाली सेनाको श्री गोरखबक्स गणबाट ५१ जनाको टोली (दक्ष जनशक्ति सहित) उक्त स्थानमा परिचालित भई निर्माण कार्य गरेको हो ।

कुल ४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पुर्ण निर्माण सामग्रीहरु जुगल गाउँपालिकाले उपलब्ध गराएको छ भने नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइले प्राबिधिक सहयोग उपलब्ध गराएको हो । 
 

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्