Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं, असार २९ : थाक्रे गाउँपालिका ६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं, असार २९ : थाक्रे गाउँपालिका ६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहुरुमा नुवाकोट विदुर नगरपालिका-१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उनकै छोरा १० वर्षीय आर्यन शिवभक्ती रहेका छन् । उनीहरुमध्ये आर्यनको घटनास्थलमै र नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ त्रिपुरासुन्दरी बस्ने २० वर्षीय जिबन घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्