जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ
काठमाडौं, असार २९ : ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका ६...काठमाडौं, असार २९ : ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका ६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।
उनीहरूले ती महिलालाई यही असार १५ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभु बैंकका ग्राहकलाई विभान्ता र हिमाल डेन्टल हस्पिटलमा विशेष छुटबिहीबार, पुस ११, २०८१
पर्यटन मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्ने तयारीबिहीबार, पुस ११, २०८१
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिविबिहीबार, पुस ११, २०८१
निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न सहमत भए कांग्रेस–एमाले बिहीबार, पुस ११, २०८१