चीनमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए
नानजिन, २९ असार : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ...
नानजिन, २९ असार : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ ।
सो भवन सोमबार अपरान्ह भत्किएको थियो। त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ। जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ।
सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए। तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन्। अरुको सकुशल उद्धार गरी निकालिएको थियो।
त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको पनि प्रहरीले जानकारी दिएको छ।
उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।











