२३९८ कोरोना संक्रमित थपिँदा २०७८ जना संक्रमणमुक्त, १२ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं, असार २९ : पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ११०१२ जनामा कोरोना परिक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा २०७८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











