अमेरिकामा भेटिएको मूर्ति नेपाल फर्काउन भक्तपुर नगरपालिकाको पहल
काठमाडौं, असार २९ : ‘अंशुबर्माकालीन पार्वती को मूर्ति अमेरिकामा फेला’ शीर्षकमा २०७८ साल असार २६ गते शनिबारको कान्तिपुर दैनिक पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचारप्रति...काठमाडौं, असार २९ : ‘अंशुबर्माकालीन पार्वती को मूर्ति अमेरिकामा फेला’ शीर्षकमा २०७८ साल असार २६ गते शनिबारको कान्तिपुर दैनिक पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचारप्रति भक्तपुर नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै उक्त मूर्ति नेपाल फर्काउन भक्तपुर नगरपालिकाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको छ।
भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वतिको मूर्ति चार दशकअघि उक्त स्थानबाट हराएको थियो । हाल उक्त मूर्ति अमेरिकाको कनेटिकटस्थित येल विश्वविद्यालयको संग्रहालयमा भेटिएको हो।
भक्तपुर नगरपालिकाको वडा नंम्बर ७ स्थित गोल्मढीबाट हराएको उक्त मूर्ति अमेरिकाको संग्रहालयबाट नेपाल फर्काइ भक्तपुरको वीरभद्रेश्वर महादेवको मन्दिरमै पुनःस्थापनाको लागि भक्तपुर नगरपालिकाले नेपाल सरकारअन्तर्गतका पुरातत्व विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयमा आवश्यक पहल र सहयोगको लागि अनुरोधसहित पत्राचार गरेको छ।
येल विश्वविद्यालयको वेभसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर उल्लेख गरिएको र सन् १९७६ मा भक्तपुर, गोल्मढीबाट चोरी भएको उक्त मूर्ति सुरुमा स्पिन्क एण्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कला सम्पदाका संग्रहकर्ता जेम्स एण्ड मार्लिन एल्सडर्फलाई बेचेको भनी कान्तिपुरले छापेको उक्त समाचारमा उल्लेख छ ।
साथै सन् १९८४ मा जेम्स दम्पत्तिले यो सम्पदा किनेको र सन् २००२ मा माइकल एण्ड जर्जियाले न्युयोर्कमा उक्त मूर्ति पु¥याएको बताइएको छ। येल विश्वविद्यालयमा भने यो सम्पदा सन् २०१५ मा मात्र पुगेको बताइएको छ।











