Kathmandu Press

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनपछि सेना परिचालन

केप टाउन, असार २९ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको...
दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनपछि सेना परिचालन

केप टाउन, असार २९ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ। 

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्। उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका हुन् । 

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका पदर्शनहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी पक्राउ परेका छन् । 

Hardik ivf

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। 

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजाय सुनाईको थिएन। 

प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन्।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ। 

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन् । कानुनविद्हरूले जेल सजायँ माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। 

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उहाँलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिलेपनि ठूलो समूह रहेको छ। 
 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, असार २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्