Kathmandu Press

‘प्रतिगामी ओली प्रवृत्ती परास्त भयो’ 

काठमाडौं, असार २८ : विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ ।बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतले आज गरेको निरंकुशता...
‘प्रतिगामी ओली प्रवृत्ती परास्त भयो’ 

काठमाडौं, असार २८ : विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ ।

बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतले आज गरेको निरंकुशता र स्वेच्छाचारिताको नग्न अभ्यासलाई खारेज गरेको गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै उसले यो ठुलो उपलब्धी भएको ठहर गर्दै प्रतिगामी ओली प्रवृत्ती परास्त भएको जनाएको छ । ओलीले पटक पटक संसद विघटन गरेर जनबिरोधी र असंबैधानिक हर्कतलाई निरन्तरता दिएको समेत बिज्ञप्तिमा भनिएको छ । यस्तै, ओली सरकारले गरेका सबै भष्ट्राचार र अवैध कामको छानबिन गर्न पनि माग गरेको छ ।

वर्तमान सरकारले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । यसअघि पनि सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको थियो ।

अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको दुई पटकको कदमलाई असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसमा पुनःस्थापना गर्ने निर्णय गरेको हो । 

विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठन लगायतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्