एमाले स्थायी कमिटी बैठक सकियो, भोलीः पुन बस्ने
काठमाडौं, असार २८ : नेकपा (एमाले) को स्थायी कमिटी भोलि (मंगलबार) पुनः बस्ने गरि सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर मात्र बसेर सम्पन्न...
काठमाडौं, असार २८ : नेकपा (एमाले) को स्थायी कमिटी भोलि (मंगलबार) पुनः बस्ने गरि सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर मात्र बसेर सम्पन्न भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएका थिएनन् ।
बैठक रोक्न अनुरोध गर्दै बालुवाटार पुगेका नेपाल पक्षका नेता भीम रावल एमाले विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर फर्किएका थिए।
भोलिको बैठकमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल लगायत पनि सहभागी हुने एमाले सचिव प्रदीप ज्ञवालीले दाबी गरेका छन् ।
स्थायी कमिटी बैठक सकेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको बुझिएको छ ।
प्रकाशित मिति: १९:२७ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











