राष्ट्रपतिलाई महाअभियोग लगाउन विवेकशील साझाको माग
काठमाडौं, असार २८ : विवेकशील साझा पार्टीले पुनःस्थापित संसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताएको छ।आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील...
काठमाडौं, असार २८ : विवेकशील साझा पार्टीले पुनःस्थापित संसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताएको छ।
आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझाल पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई साथ दिँदै आएको र त्यसलाई मध्यनजर गर्दा पुनःस्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्ने बताएको हो।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई संवैधानिक अनुशासनमा बाँधे पनि संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरुलाई दलको ह्विप नलाग्नेजस्ता फैसलाका कारण स्थापित हुने नजिर भविष्यमा अनुकूल नहुन सक्ने उक्त पार्टीको भनाइ छ।
प्रकाशित मिति: १८:१३ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











