शिक्षक तथा विद्यालयका कर्मचारीलाई मंगलबारबाट कोरोना खोप
काठमाडौँ, असार २८ : देशभरका शिक्षक तथा शैक्षिक संस्थाका कर्मचारीहरूले भोल (मंगलबार) देखि कोरोना खोप लगाउन पाउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज...
काठमाडौँ, असार २८ : देशभरका शिक्षक तथा शैक्षिक संस्थाका कर्मचारीहरूले भोल (मंगलबार) देखि कोरोना खोप लगाउन पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै मंगलबारदेखि विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई खोप दिने जनाएको हो।
शिक्षक तथा कर्मचारीलाई सम्बन्धित संस्थाको परिचयपत्रको आधारमा चीनबाट ल्याइउको ‘भेरोसेल’ खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शिक्षक महासंघले कोरोनाविरुद्धको शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोप सुनिश्चित नभएसम्म विद्यालयमा भौतिक उपस्थिति नहुँने जनाउँदै आएको छ।
प्रकाशित मिति: १८:०४ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











