कटुवा पेस्तोलसहित एकजना पक्राउ
सिरहा, असार २८ : प्रहरीले सिरहामा कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।गोलबजार नगरपालिका–४ बाट एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने तीन...
सिरहा, असार २८ : प्रहरीले सिरहामा कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका–४ बाट एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने तीन राउण्ड गोलीसहित औरही गाउँपालिका–२ बस्ने सुजित कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२४ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











